अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ८ कार्तिक । आज बजारमा सुन चाँदीको मूल्य घटेको छ  ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ७ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ६६ हजारमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ४० रुपैयाँले घटेर प्रतितोला २ हजार ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।