काठमाडौँ, ९ कार्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए) को बद्री केसी पक्षले गर्न लागेको साधारण सभा रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरिएको रिट ‘हेर्न नमिल्ने’ भएको छ ।
गैरआवासीय नेपाली संघको सचिवालयलगायतलाई विपक्षी बनाएर आरके शर्मासहित ३ जनाले दायर गरेको रिटको पेसी न्यायाधीश डा. नहकुल सुवेदीको एकल इजलासमा तोकिएकोमा हेर्न नमिल्ने भएको हो ।
सुवेदीसहितको संलग्नतामा यसअघि पनि सोही प्रकृतिको मुद्दाको फैसला भएकाले मुद्दा हेर्न नमिल्ने भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्