समाचार

स्वास्थ्य बिमा गर्नेको संख्या ८४ लाख नाघ्यो



काठमाडौँ, ९ कार्तिक । सरकारको स्वास्थ्य बिमा कार्यक्रममा बिमितको संख्या ८४ लाख नाघेको छ ।

स्वास्थ्य बिमा बोर्डको तथ्यांकअनुसार चालु आर्थिक वर्षसम्ममा ८४ लाख २० हजार ७५ जना बिमित भएका छन् ।
 
बिमितमध्ये सबैभन्दा धेरै कोसी प्रदेशका २४ लाख ३० हजार ६७३ जना छन् । जिल्लागत रूपमा सबैभन्दा धेरै झापाका ७ लाख ३१ हजार ६११ जना बिमित भएका छन् । सबैभन्दा कम डोल्पाका ४ हजार ९०६ जना स्वाथ्य बिमा कार्यक्रममा आवद्ध भएको बोर्डको तथ्यांक छ । 

२०७२ सालबाट सुरु भएको स्वास्थ्य बिमा कार्यक्रम हाल सबै स्थानीय तह र देशभरका ४८२ स्वास्थ्य संस्थामा लागु गरिएको छ ।