राजनीति

एकीकृत समाजवादीको प्रदेश सम्मेलन मंसिर मसान्तसम्म सक्न निर्देशन



काठमाडौँ, ११ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी मङ्सिर मसान्तसम्म सबै प्रदेश सम्मेलन सम्पन्न गर्न निर्देशन दिएको छ ।

पार्टी सचिव सोमप्रसाद पाण्डेयले हाल कायम रहेको प्रदेश कमिटीलाई सम्मेलन सम्पन्न गर्न पत्राचार गरिएको जानकारी दिए ।

देशभर पार्टी सङ्गठनलाई थप सुदृढीकरण गरी गतिशील बनाउन तोकिएको समय सीमाभित्र सम्मेलन सम्पन्न गरी नयाँ कार्यसमितिलाई नेतृत्व हस्तान्तरण निर्देशन दिइएको उनले बताए ।

साथै पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा रहेको कार्यदलले सबै जनवर्गीय सङ्गठनका प्रदेश इन्चार्ज तोक्न, नेताहरूको कार्यविभाजन, विभिन्न आयोग तथा विभाग गठन गर्न र नेताहरूको अनुभव, योगदान तथा सक्षमताको मूल्याङ्कन गरी नाम प्रस्ताव गर्ने जनाइएको छ ।