काठमाडौँ, १९ कार्तिक । खानेपानी मन्त्री प्रदीप यादवले छठ सांस्कृतिक पहिचान र आस्थाको प्रतिविम्ब रहेको बताएका छन् ।
आज बिहान छठलाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित नगवा पोखरीको स्थलगत निरीक्षण गर्दै उनले पोखरी क्षेत्रको सरसफाइ, सौन्दर्यीकरण र अधुरा संरचनाहरूको निर्माण कार्यलाई चाँडो सम्पन्न गर्न निर्देशन दिए ।
मन्त्री यादवले पोखरीलाई व्यवस्थित, आकर्षक र सुरक्षित बनाउन वीरगञ्ज महानगरपालिकाका कर्मचारीहरूलाई एकजुट भएर काम गर्न अनुरोध गरे ।
उनले भने, ‘छठ हाम्रो सांस्कृतिक पहिचान र आस्थाको प्रतिविम्ब हो । यसलाई गरिमामय र सफल बनाउन वीरगञ्ज महानगरपालिका, धार्मिक संघ–संस्था र नागरिक समाजले एकताबद्ध प्रयास गर्नु जरुरी छ‚’।
सरसफाइ तथा अन्य व्यवस्थापनमा कुनै पनि कमी नगर्न आग्रह गर्दै छठलाई भव्य र व्यवस्थित बनाउनमा ध्यान दिनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्