समाचार

विमानस्थलबाट साढे पाँच किलो सुनसहित तीनजना पक्राउ 



काठमाडौँ, २१ कार्तिक  । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट पाँच किलो सुनसहित तीनजना विदेशी नागरिक पक्राउ परेका छन् ।

हिजो साँझ उनीहरु एयर अरेबियाको उडानबाट काठमाडौँ आएका थिए । पक्राउ पर्नेहरुमा चिनियाँ र म्यानमारका नागरिक हुन् । शारजाहबाट उनीहरुले स्पिकरमा सुन लुकाएर ल्याएको पाइएको छ ।

प्रहरीका अनुसार उनीहरु चेकजाँच गरेर बाहिरिने क्रममा शंका लागेर पुनः चेक गर्दा सुन फेला परेको हो । एयर अरेबियाको उडान नं. G9530 मा  शारजाहबाट काठमाडौं आएका चिनियाँ नागरिक जियनजोङ र म्यानमारका दुइजनालाई उक्त सुनससहित नियन्त्रणमा लिइएको हो ।

उनीहरुलाई भन्सार ब्यागेज क्षेत्रमा रिचेक( पुनः जाँच ) गर्ने क्रममा लगेज भित्र राखेको १२ थान स्पिकरमा करिब  ५ के.जी. ७ सय ग्राम सुन फेला परेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यलय र सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेशको संयुक्त टोलीले निन्त्रणमा लिएको सशस्त्र प्रहरीका सह– प्रवक्ता शैलेन्द्र थापाले जानकारी गराए । नियन्त्रणमा लिइएका तीनै जनालाई आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल भन्सार कार्यालयमा राखिएको छ ।