मोरङ, २२ कार्तिक । मोरङबाट जुवातास खेलिरहेको अवस्थामा २० जना पक्राउ परेका छन् ।
विराटनगर महानगरपालिका-६ भट्टिमोड बस्ने बिशाल देवान राईको घरमा जुवातास खेलिरहेको अवस्थामा विराटनगर महानगरपालिका-२ बस्ने बिमल मण्डल समेत १२ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५४ हजार ७ सय १० रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
यसैगरी मोरङ, कटहरी गाउँपालिका-२ स्थित प्रभु कुमार साहको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-२ बस्ने सरोज ठाकुर समेत ८ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १९ हजार ५ सय नेपाली रुपैयाँ, ४ हजार ६ सय भारतीय रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्