राजनीति

एक्लै उपनिर्वाचन लड्ने माओवादी केन्द्रको निर्णय



काठमाडौँ, २६ कार्तिक । नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचन एक्लै लड्ने निर्णय गरेको छ ।

आज बसेको पार्टी पदाधिकारी बैठकले उपनिर्वाचनमा अन्य दलसँग तालमेल नगर्ने निर्णय गरेको सचिव दीनानाथ शर्माले जानकारी दिए । 

यद्यपि आवश्यकताअनुसार केही स्थानमा भने विपक्षी मोर्चामा रहेका केही दलसँग तालमेल भने गर्न सकिने ढोका खुलै राखिएको उनले बताए । उपनिर्वाचन यही मंसिर १६ गते ४४ पदमा हुँदैछ । 

त्यस्तै आजको बैठकले स्थानीय तह उपनिर्वाचनका लागि प्रदेश र जिल्ला कमिटीबाट सिफारिस भएका उम्मेदवारहरूको नाम अनुमोदन गरेको छ । 

बैठकले निर्वाचनमा सफलता हासिल गर्न योजना र कार्यक्रम समेत बनाएको छ । बैठकले मङ्सिर मसान्तसम्म पालिकासम्म खबरदारी सभा गर्ने र सम्मेलन सँगसँगै गर्ने निर्णय गरेको छ ।