राजनीति

मन्त्री दाहालद्वारा ग्वार्को फ्लाई ओभर निरीक्षण



काठमाडौँ, २६ कार्तिक । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ग्वार्कोमा निर्माणाधीन फ्लाई ओभरको स्थलगत निरीक्षण गरेका छन् ।

मन्त्रालयका उच्च अधिकारीहरूसहित मन्त्री दाहाल सोमबार बिहानै निर्माण स्थलमा पुगेका हुन् । निरीक्षण पश्चात् मन्त्री दाहालले फ्लाई ओभर निर्माणको कामलाई गति दिन निर्देशन दिए ।

तउनले पूर्वाधार तथा विकास आयोजनाहरू निर्माण कार्यमा हुने ढिलासुस्ती सह्य नहुने बताए । काठमाडौँको सहरी तथा यातायात व्यवस्थापनमा महत्त्वपूर्ण हुने अपेक्षा राखिएको उक्त फ्लाई ओभर निर्माणको कार्यलाई गति दिएर समयमा नै सक्न उनको निर्देशन थियो । 

निरीक्षण टोलीमा मन्त्री दाहालसहित मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरि पोखरेल लगायतका अधिकारीहरू सहभागी रहेका थिए।