राजनीति

श्रीलङ्कामा एनपीपीले दुई तिहाई ल्याएकोमा एमालेको बधाई



काठमाडौँ, २ मंसिर । नेकपा एमालेले श्रीलङ्कामा हालै सम्पन्न संसदीय निर्वाचनमा २२५ स्थानमध्ये १५९ स्थान जितेर नेसनल पिपुल्स पावर (एनपीपी) पार्टीले दुई तिहाई बहुमत प्राप्त गरेकोमा सो पार्टीलाई बधाई दिएको छ । 

एमाले महासचिव शङ्कर पोखरेलले आइतबार विज्ञप्ति जारी गर्दै एनपीपीको जितले श्रीलङ्कामा राजनीतिक स्थायित्व, आर्थिक सुधार, सामाजिक न्याय र आत्मनिर्भरता अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन् । 

श्रीलङ्कामा करिब दुई महिनाअघि (२१ सेप्टेम्बर, २०२४) सम्पन्न राष्ट्रपतीय निर्वाचनमा पनि एनपीपीका नेता अनुराकुमार देशनायकेको विजय भएका थिए । 

‘हालै सम्पन्न संसदीय निर्वाचनमा पनि सोही पार्टीको विजयले श्रीलङ्कामा राजनीतिक स्थायित्व, आर्थिक सुधार, सामाजिक न्याय र आत्मनिर्भरता अभिवृद्धि हुने विश्वास नेकपा (एमाले) व्यक्त गर्दछ’, नेकपा एमालेले भनेको छ ।