काठमाडौँ, ३ मंसिर । नेपाली कांग्रेसले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनप्रति शोक प्रकट गर्दै सोमबार र मंगलबार केन्द्रीय कार्यालयमा पार्टीको झन्डा आधा झुकाउने निर्णय गरेको छ ।
आज बिहान बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकबाट मंगलबार (भोलि) केन्द्रीय कार्यालय बन्द गर्ने निर्णय पनि गरिएको छ ।
स्वर्गारोहणको १३औँ दिनमा केन्द्रमा शोकसभाको आयोजना गर्ने निर्णय गरिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
पूर्वसभामुख ढुंगानाको ८३ वर्षको उमेरमा आइतबार (हिजो) बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उनको पार्थिव शरिर श्रद्धाञ्जलीका निम्ति सानोगौचरणमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्