काठमाडौँ, ७ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो सेवा शुल्क सार्वजनिक गर्न निजी तथा सरकारी अस्पताललाई परिपत्र गरेको छ । एक हप्ताभित्र शुल्क सार्वजनिक नगरेको पाइएमा कारबाही गरिनेसमेत मन्त्रालयले जनाएको छ । तोकिएभन्दा बढी शुल्क लिएको गुनासो सुनिन थालेपछि स्वास्थ्य मन्त्रालयले सबैले थाहा पाउने गरी शुल्क विवरण राख्ने व्यवस्था मिलाउन परिपत्र गरेको हो । अस्पतालका सेवाबारे सेवाग्राही अनभिज्ञ हुने र उपचारमा समस्या भइरहेको जनगुनासो आउन थालेपछि सेवा शुल्क सार्वजनिक गर्ने निर्णय भएको मन्त्रालयले जनाएको हो । जनगुनासो बढ्दै गएपछि मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले शुल्क विवरण सार्वजनिक गर्न परिपत्र गरेको हो ।
मन्त्रालयले पठाएको पत्रमा आफ्ना स्वास्थ्य सेवामा लाग्ने शुल्कको विवरण वेबसाइटमा राख्न तथा सेवाग्राहीले सहज रूपमा जानकारी पाउने व्यवस्था गर्नुपर्ने उल्लेख गरेको छ । पत्रमा शल्यक्रिया शुल्क, सबै खालका शड्ढयाको शुल्क विवरण, रेडियोलोजी सेवा तथा ल्याबको शुल्क विवरणसमेत खुलाउन भनिएको छ । यसैगरी, टिकटसहितका अरू सेवाको विवरणसमेत खुलाएर सेवाग्राहीलाई जानकारी गराउन मन्त्रालयले निर्देश गरेको छ ।
प्रतिक्रिया दिनुहोस्