अर्थ

एक सय आठ जना दीर्घरोगीलाई आर्थिक सहयोग



काठमाडौँ, ८ मंसिर । तनहुँको व्यास नगरपालिकाले एक सय आठ जना दीर्घरोगीलाई पाँच हजार रुपैयाँका दरले आर्थिक सहयोग गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेका अनुसार क्यान्सर, मुटुरोग, मिर्गौला फेल भएका, कलेजो प्रत्यारोपण गरेका बिरामीलाई आर्थिक सहयोग गरिएको हो ।

ज्येष्ठ नागरिक, सुत्केरी, विपन्न नागरिक, मानसिक रोगी गरी ३४ जनालाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइएको छ । त्यसैगरी विपन्न नागरिक, क्यान्सर, मुटुरोगी, मिर्गौला फेल भएका ३२ जनालाई उपचारका लागि सम्बन्धित निकायमा सिफारिश गरिएको छ ।