राजनीति

प्रधानमन्त्रीले पहिलो भ्रमण चीनबाट सुरु गर्दैमा अनौठो मान्न हुँदैन : सभापति देउवा



काठमाडौँ, १० मंसिर । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले  पहिलो भ्रमण चीनबाट सुरु गर्दैमा अनौठो मान्न नहुने बताएका छन् ।

आज जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै चीन नेपालको मित्र राष्ट्र भएको भन्दै उनले पहिलो भ्रमण चीनबाट सुरु गर्दैमा अनौठो मान्न नहुने धारणा समेत राखे ।

ओलीको आसन्न चीन भ्रमणको क्रममा सरकारले ऋण लिन नहुने बताए । उनले नेपालको ऋण लिने सामर्थ्य नरहेकाले अनुदान लिनुपर्ने बताए । ‘लोन नलिने, ऋण नलिने, तर अरु अनुदान लिन हामी तयार छौं,’ पूर्वप्रधानमन्त्री देउवाले भने ।