अर्थ

धितोपत्र बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त



काठमाडौँ, ११ मंसिर । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद् बैठकले सोमबार श्रेष्ठलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । ११ महिनादेखि रिक्त रहेको उक्त पदमा सरकारले श्रेष्ठलाई चार वर्षका लागि अध्यक्षमा नियुक्त गरेको हो । 

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको संयोजकत्वमा गठित अध्यक्ष सिफारिस समितिले आइतबार श्रेष्ठसहित तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो । चर्को विवाद र लामो राजनीतिक खिचातानीकै कारण लामो समयसम्म सरकारले अध्यक्ष नियुक्त गर्न सकेको थिएन । यहीकारण गत पुस २१ यता अध्यक्ष पद रिक्त थियो ।