काठमाडौँ, १२ मंसिर । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ९ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ४९ हजार ६ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला १८ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्