काठमाडौँ, १२ मंसिर । बोलेरो पिकअप र मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
झापा, शिवसताक्षी नगरपालिका-१ कमलपुलस्थित सडकमा प्रदेश १-०१-००१ च ८२२१ नम्बरको बोलेरो पिकअप र मे.६ प २५१४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-८ बस्ने ४० वर्षीय ललित बहादुर थापाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।










प्रतिक्रिया दिनुहोस्