काठमाडौँ, १३ मंसिर । आज सेयर बजार परिसूचक घटेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार बिहीबार बजार परिसूचक ८.३० अंकले घट्दा समग्र परिसूचक २७४८.०५ विन्दुमा पुगेको हो ।
आज बजारमा ८ अर्ब ४४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बजार सामान्य रूपमा घटे पनि बिहीबार मूल्य घट्ने कम्पनीको संख्या धेरै देखिएको छ ।
कारोबार भएका कम्पनीमध्ये बिहीबार १९७ कम्पनीको मूल्य घट्दा ४६ कम्पनीको मूल्य मात्रै बढेको छ । एउटा कम्पनीको मूल्य स्थिर रहेको छ ।
बजार घटे पनि बिहीबार व्यापारमूलक क्षेत्रमा ९.२५ प्रतिशतको उच्च वृद्धि भएको छ । विकास बैंक र जीवनबीमा उपसूचकमा सामान्य वृद्धि हुँदा अन्य उपसूचक घटेका छन् ।
प्रतिक्रिया दिनुहोस्