काठमाडौँ, १४ मंसिर । गृह मन्त्रालयले नागरिकका गुनासो सुनुवाइका लागि ‘हेलो गृह मन्त्रालय’ डेस्क स्थापना गरेको छ ।
शान्ति सुव्यवस्था र सुशासनका लागि नागरिक गुनासो सुनुवाइ गर्न डेस्क सञ्चालनमा ल्याइएको गृह मन्त्रालयले जनाइएको छ ।
“गृह मन्त्रालय र मातहतका निकायवाट प्रवाह हुने सेवासँग सम्बन्धित गुनासोको सम्बोधनलाई थप प्रभावकारी बनाउन हेलो गृह मन्त्रालय गुनासो सुनुवाइ कक्ष स्थापना गरी सञ्चालन गरिएको छ,” गृहमन्त्रालयले भनेको छ ।
प्रतिक्रिया दिनुहोस्