काठमाडौँ, १५ मंसिर । अवैध लागुऔषधसहित दुई जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पर्साको विन्दवासिनी गाउँपालिका–२ स्थित सडकबाट अवैध लागु औषध चरेस करिब ५ किलोग्रामसहित २ जनालाई शुक्रवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा पटेर्वासुगैली गाउँपालिका-५ निचुटा बस्ने ४५ वर्षीय जनार्दन औझईया र भारत बिहार बस्ने ६० वर्षीय गौरीशङ्कर भगत माली रहेका छन् ।
अस्थायी प्रहरी पोस्ट बहुअर्वाभाठाबाट खटिएको प्रहरीले महुवनबाट वीरगन्जतर्फ साइकलमा जाँदै गरेका उनीहरूलाई उक्त चरेस सहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्