काठमाडौँ, १६ मंसिर । भोटखोला दोस्रो बृहत सांस्कृतिक कार्यक्रम २०८१ भव्य रुपमा सम्पन्न भएको छ ।
हिमालय भोटे युवाद्धारा आयोजित आयोजक संस्थाका अध्यक्ष तथा कार्यक्रमका संयोजक वाडछिरिड खु्म्बुवाको अध्यक्षता तथा अमेरिकाका लागि नेपालका पूर्वराजदुत तथा योगमाया विश्वविद्यालयका अध्यक्ष डा. अर्जुन कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न समुहहरुले आआफ्नो उत्कृष्ट कला प्रदर्शन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा। कार्कीले भोटखोलाबाट काठमाडौँ आई आफ्नो भाषा, कला र संकृतिलाई संरक्षण र प्रबर्धन गर्ने अभियानको प्रसंशा गर्दै सवैलाई सवैलाई हौसला प्रदान गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘यस ठाउँमा करिव १२ हजार ५०० वर्ष अघि हाम्रा पूर्खाहरुले प्रयोग गरेका ढुगे हतियार भटिएकाले भोटखोला आदिम काल देखि नै मानब सभ्यताको केन्द्र भएको कुरा प्रमाणित हुन्छ । संखुवासभा जिल्लाको भोटखोलाको प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरुको दृष्टिले अत्यन्तै धनी देखिन्छ । यसको संरक्षण गर्दै स्थानीय जनताहरुलाई समृद्ध बनाउन युवाहरुको उत्साहले उनीहरुमा आशाका किरण छाएको देखिन्छ । यस अभियानमा होष्टेमा हैसे गर्न सरोकारवाला व्यक्ति तथा निकायहरुको ध्यानाकर्षण गर्नु जरुरी छ ।’
प्रतिक्रिया दिनुहोस्