समाचार

काठमाडौँविरुद्ध चितवनको सहज जित



काठमाडौँ, १७ मंसिर । बलिङमा सोहेल तान्विर चम्किएपछि चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा काठमाडौं गुर्खाजविरुद्ध पाँच विकेटको जित निकालेको छ । 

आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा काठमाडौँले प्रस्तुत गरेको ११२ रनको सामान्य लक्ष्य चितवनले १७.१ ओभरमा पाँच विकेट गुमाएर भेट्टायो ।