अर्थ

परिसूचक नेप्से २० अंकले बढ्यो



काठमाडौँ, १७ मंसिर । आज सेयर बजार परिसूचक (नेप्से) २० अंकले बढेको छ । २० अंकले बजार बढ्दा नेप्से परिसूचक २७५८ बिन्दुमा उक्लिएको छ । 

आज कारोबार भएकामध्ये १२६ कम्पनीको मूल्य बढेको छ । ११२ कम्पनीको मूल्य घट्दा ६ कम्पनीको मूल्य भने स्थिर रह्यो । 

आज २ करोड ३० लाख ११ हजार कित्ता सेयर खरिदबिक्री भयो । यसले समग्रमा १० अर्ब ५४ करोड १७ लाख ४६ हजारको कारोबार भएको छ । सोमबार कारोबार रकम सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको रह्यो । यो कम्पनीको ५९ करोड ४७ लाख ५७ हजार रुपैयाँको कारोबार भएको छ ।