राजनीति

‘लिजा र फ्रा’ बारे अनुशिक्षण 



पोखरा, १७ मंसिर । जिल्ला समन्वय समिति कास्कीको आयोजनामा  स्थानीय तह संस्थागत क्षमता स्व: मुल्यांकन (LISA) र  वित्तीय सुशासन जोखिम मुल्यांकन (FRA) बारे स्थानीय तहरूको अनुशिक्षण कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्नुभएको थियो । पौडेलले  स्वमूल्याकंन र बित्तीय जोखिम मुल्यांकन पालिकाहरूको क्षमता मापनको महत्त्वपूर्ण औजार भएको हुदा उत्कृष्ट नतिजाका लागि सबै प्रतिबद्ध हुनुपर्ने उल्लेख गर्नुभयो । प्रमुख पौडेलले अनुशिक्षण मार्फत सबै पालिका हरू निरन्तर कार्यक्षमता बढाउन लाग्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक  ऋषिराम पाण्डेले स्थानीय तह संस्थागत क्षमता स्व: मुल्यांकन ( LISA) र   बित्तिय सुशासन जोखिम मुल्यांकन (FRA) बारेमा सहजीकरण गर्नुभएको थियो ।

अनुशिक्षण कार्यक्रममा कास्कीका पालिकाहरूका प्रमुख सहित  कार्यकारी अधिकृतहरू र बिषयगत क्षेत्र हेर्ने  फोकल पर्सन कर्मचारीहरूको  सहभागीता रहेको थियो । कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत जिल्ला समन्वय समिति कास्कीका सदस्य सितादेबी बिश्वकर्मा ले र संचालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गर्नुभएको थियो ।