समाचार

एनपीएलमा आज दुई खेल हुँदै 



काठमाडौँ, १९ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदै छन् ।

आज कर्णाली याक्स, काठमाडौँ गुर्खाज, लुम्बिनी लायन्स र विराटनगर किंग्सका खेल हुनेछन् । पहिलो खेल कर्णाली याक्सविरुद्ध काठमाडौँ गुर्खाजको हुनेछ । दोस्रो खेलमा लुम्बिनी लायन्सविरुद्ध विराटनगर किंग्स  खेल्नेछ । 

दुवै खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछन् । पहिलो खेल बिहान ९ : १५ बजे र दोस्रो खेल दिउँसो १ : १५ बजे सुरु हुनेछ ।