राजनीति

रविलाई अन्याय भएको भन्दै रास्वपाले गुहार्‍यो मानवअधिकारकर्मी



काठमाडौँ, २१ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति तथा पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई रातारात चितवनबाट पोखरा लगिएको घटनाप्रति पार्टीको घोर आपत्ति प्रकट गरेको छ ।

पार्टी कार्यवाहक प्रवक्ता मनिष झाले विज्ञप्ति जारी गर्दै उक्त विषयमा अन्तर्राष्ट्रिय मानवअधिकारकर्मी तथा मानवअधिकारवादी सङ्घ–संस्थाहरूको गम्भीर ध्यानाकर्षण गराएको छ ।

सभापति लामिछानेलाई दिनभर चितवन जिल्ला सरकारी वकिलको कार्यालयमा बयान गराई राति सुतिरहेको बेलामा अचानक उठाई मध्यरातमा चितवनबाट सडक मार्ग हुँदै राति ३ बजे पोखरा पुर्‍याइको घटनाप्रति आपत्ति जनाएका हुन् ।