राजनीति

मन्त्री पाण्डेद्वारा सुरक्षित र नियमित उडान सञ्चालनमा जोड



काठमाडौँ, २२ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सुरक्षित र नियमित आकाश नेपालीको पहिलो प्राथमिकता रहेको बताएका छन् । 

अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसर पारेर आयोजित कार्यक्रममा मन्त्री पाण्डेले सुरक्षित र नियमित उडान सञ्चालनमा जोड दिएका हुन् ।  

पछिल्लो समय तथ्य र तथ्यांकभन्दा पनि लहडको भरमा काम गर्ने प्रवृत्ति बढेको भन्दै लहडको भरमा काम गर्दा देश दुर्घटनामा पर्ने उनको जिकिर छ । 

अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसरमा उनले हवाई दुर्घटनाबारे अनुसन्धान गर्ने स्थायी आयोग निर्माणको लागि कानुनी प्रक्रिया आगाडि बढेको बताए ।