सुर्खेत, २५ मंसिर । गृहमन्त्री रमेश लेखकले कसैको मानवअधिकार हनन नभएको दाबी गरेका छन् ।
रास्वपा सभापति रवि लामिछानेको विषयमा लक्षित गर्दै उनले मानवअधिकारको विषयमा सरकार गम्भीर रहेको बताए ।
आज प्रेस युनियन सुर्खेतले वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘सरकार हरेक मान्छेको मानवअधिकार रक्षाका लागि गम्भीर छ। प्रत्येक व्यक्तिको मानवअधिकारको रक्षा हुन्छ । कसैको मानवअधिकारको हनन् भएको छैन ।’
लाखौं लाख मान्छेको रकम सहकारीमा हिनामिना भएको बताउँदै लेखकले त्यसबारे अनुसन्धान भइरहेको बताए । ‘रवि जीमात्र हैन तमाम मान्छेलाई अनुसन्धान भइरहेको छ तर कहिले प्रहरी कार्यालय घेरेको छ, कहिले अदालत घेरेको छ । के यो सहि हो त ?,’ उनले भने, ‘अनुसन्धानलाई प्रभावित गर्ने, सडकमा आएर विधिको शासन उलंघन गर्नु गलत हो ।’










प्रतिक्रिया दिनुहोस्