समाचार

९ जना जुवाडे पक्राउ



काठमाडौँ, २५ मंसिर । टोखा नगरपालिका-१० गोंगबु गणेशस्थानबाट जुवातास खेलेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार गोंगबु गणेशस्थानस्थित मिहिर श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-९ बस्ने गोरखा घर भएका ४० वर्षीय खड्गबहादुर अधिकारीसहित ९ जनालाई सोमबार साँझ पक्राउ गरेको हो ।

प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५० हजार रूपैयाँ, अमेरिकी डलर ७ सय र ४ बुक तास सहित पक्राउ गरेको हो ।