समाचार

बेपत्ता पुरुषको शव ६ दिनपछि फेला



काठमाडौँ, २५ मंसिर । ताप्लेजुङको सिरिजंघा गाउँपालिका–५ बाट बेपत्ता भएका राजेन्द्र बुढाथोकीको शव सशस्त्रको गोताखोरले काबेली खोलाबाट निकालेको छ । 

सशस्त्र प्रहरीका अनुसार नुहाउने क्रममा बेपत्ता भएका बुढाथोकीको शव ७० फिट गहिराइबाट निकालिएको हो । 

पेदाङ बस्ने ४५ वर्षीय बुढाथोकी मंसिर १९ बाट बेपत्ता भएका थिए । बालुवाले पुरिएको अवस्थामा गोताखोरले शव फेला पारेको हो ।