समाचार

आजको मौसम



काठमाडौँ, २६ मंसिर । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

विभागका अनुसार आज बिहान कोसी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु र केही स्थानमा कुहिरो लागेको छ  । 

आज दिउँसो कोसी प्रदेशमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । त्यस्तै राति कोसी, मधेस र वाग्मती प्रदेशमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने विभागको भनाइ छ । 

बिहानको समयमा हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायात सेवामा आंशिक प्रभाव पर्नसक्ने भन्दै विभागले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।