कञ्चनपुर, २६ मंसिर । जङ्गली हात्तीले आक्रमण गर्दा पुनर्वास नगरपालिका १० का ६० वर्षीय परी विष्ट गम्भीर घाइते भएका छन ।
मंगलबार बेलुकी मधु सामुदायिक वनमा वनगस्तीमा रहेका बेला वनहेराला विष्टमाथि हात्तीले आक्रमण गरेको हो । झाडीबाट निष्केको हात्तीको बथानले आक्रमण गर्दा विष्टको छातीमा गम्भीर चोट लागेको कुण्डा सवडिभिजन वन कार्यालयका प्रमुख दिनेशकुमार यादवले बताए ।
उनका अनुसार घाइते विष्टको कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालको सघन उपचार केन्द्र (आईसीयु)मा राखेर उपचार भइरहेको छ । वन क्षेत्रमा हात्तीका दुई छावासहित २०-२५ को संख्यामा रहेका छन् । जङ्गली हात्ती लालझाडी संरक्षित वन क्षेत्रमै भएकाले छेउछाउका बस्तीका बासिन्दालाई सतर्कता अपनाउनका लागि आग्रह गरिएको कार्यालय प्रमुख यादवले बताए ।










प्रतिक्रिया दिनुहोस्