समाचार

अचेत फेला परेका ट्र्याक्टर चालकको उपचारको क्रममा मृत्यु



काठमाडौँ, २६ मंसिर । सिमेन्ट गोदाममा अचेत अवस्थामा फेला परेका ट्र्याक्टर चालकको उपचारको क्रममा मृत्यु भएको छ । 

सतुङ्गलमा चन्द्रागिरि १ दहचोक डाँडाघरे घर भएका ट्र्याक्टर चालक माइला भनिने बुद्धि वहादुर पुलामीको उपचारको क्रममा मृत्यु भएको हो । 

सिमेन्ट गोदाममा अचेत अवस्था फेला परेका उनलाई बलम्वुस्थित सशस्त्र प्रहरीको अस्पतालमा पुर्‍याइए पनि उपचार सम्भव नभएको हो ।