काठमाडौँ, २७ मंसिर । वैदेशिक रोजगारमा जापान पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पर्साको ठोरी गाउँपालिका–४ घर भई काठमाडौँको गोकर्णेश्वर नगरपालिका–५ मा बस्दै आएका ४५ वर्षीय विष्णु लोप्चनलाई गएको मंगलबार पक्राउ गरिएको हो ।
विष्णुले जापान पठाइदिने भन्दै एक पीडितबाट १० लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीपछि प्रहरी टोली खटिएको थियो । प्रहरीले उनलाई ललितपुर महानगरपालिका–१५ बाट पक्राउ गरेको हो । आवश्यक अनुसन्धान र कारबाहीका निम्ति उनलाई वैदेशिक रोजगार विभागमा पठाइएको छ ।










प्रतिक्रिया दिनुहोस्