काठमाडौँ, १ पौष । गुल्मी जिल्लाको इस्मा गाउँपालिका वडानम्बर- ४ हुलमा एक जना महिला मृत फेला परेकी छन् ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार हुलस्थित उपल्लो गहते बस्ने ५० वर्षकी मीना दर्लामी मृत फेला परेको हो ।
घरमा खाना खाएर सँगै सुतेका श्रीमान् शिव दर्लामीले राति पानी खान्छु भनेर माग्दा नभेटेपछि खोज्ने क्रममा घरको बलेनीमा मृत अवस्थामा देखेको बताएको प्रहरीले जनाएको छ । मृत्युको कुनै कारण खुलेको छैन ।
घटनाबारे थप अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्