राजनीति

तीन दिन आधा झण्डा झुकाउने कांग्रेसको निर्णय



काठमाडौँ, १ पौष । काठमाडौँ महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको शोकमा नेपाली कांग्रेसले तीन दिनसम्म देशभरका पार्टी कार्यालयहरूमा तीन दिन झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

आइतबार बसेको आकस्मिक केन्द्रीय कार्यसमिति बैठकले शोक प्रस्ताव पारित गर्दै पुस १, २ र ३ गते केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

त्यस्तै, पौडेलका अनुसार भोलि (मंगलबार) पार्टीको केन्द्र, प्रदेश र जिल्ला कार्यालय बन्द गर्ने निर्णय पनि भएको छ । पार्टीले आजदेखि १३ दिनसम्म देशका सबै कार्यालयमा शोक पुस्तिका राख्ने र तेह्रौं दिनमा काठमाडौँमा शोक सभाको आयोजना गर्ने निर्णय पनि गरेको छ ।