काठमाडौँ, २ पौष । ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दाङमा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय भालुबाङका अनुसार सोमबार राति राप्ती गाउँपालिका–२ लालमटिया (कटेशनाला नजिक) पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा४ख २२६१ नम्बरको ट्रकले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको रा८प ४१४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
घाइतेलाई स्वास्थ्य चौकी भालुवाङ लगिए पनि उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । मृतकको परिचय खुल्न नसेको प्रहरीले जनाएको छ । ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।










प्रतिक्रिया दिनुहोस्