काठमाडौँ, २ पौष । पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले राजविराज सम्पूर्ण दृष्टिकोणले अघि बढ्ने बताएका छन् ।
सप्तरीको राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरु भएको छ । सोमवार राति बुद्ध एयरले काठमाडौँ-राजविराज परीक्षण उडान गरेको हो । दैनिक एउटामात्रै उडान हुँदा समस्या भएको जिल्लावासीको गुनासोपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रात्रिकालीन उडान सुरु गरेको हो ।
परीक्षण उडानका क्रममा पर्यटनमन्त्री पाण्डेसहित नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीहरू समेत राजविराज पुगेका थिए । रात्रिकालीन उडानका क्रममा राजविराज विमानस्थलमा आयोजित एक कार्यक्रममा बोल्दै पर्यटनमन्त्री पाण्डेले राजविराज विमानस्थल रात्रिकालीन उडान सुरु गर्ने १० औं विमानस्थल भएको र राजविराज सम्पूर्ण दृष्टिकोणले अघि बढ्ने विश्वास व्यक्त गरे ।
उनले विमानस्थलले आर्थिक, पर्यटकीय दृष्टिकोणले पनि उज्यालो बनाउने बताए । पोखरामा अन्तर्राष्ट्रिय उडान गर्न चाहेअनुसार नसकिएको भएपनि बिस्तारै अन्तर्राष्ट्रिय उडान गर्ने उनको भनाइ थियो ।










प्रतिक्रिया दिनुहोस्