राजनीति

मिडियाले धर्म छाडेँ : निकिता पौडेल



काठमाडौँ, २ पौष । चलचित्र विकास बोर्डकी पूर्व अध्यक्ष तथा रास्वपा सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले आफ्नो विषयमा समाचार लेख्ने प्रति दया लागेर आउने बताएकी छन् ।

श्रीमान् हिरासतमा भएको बेला आफूमाथि केही मिडियाले देखाएको ‘पुरुषार्थ’ अगाडि समाज मूकदर्शक बनेकोमा झनै आश्चर्य लागेको उनको भनाई रहेको छ ।

उनले सामाजिक सञ्जालमा अगाडि लखेकी छन्, ‘आज बिहानै बुवाले फोनमा हाँस्दै सोध्नुभयो, ‘तिमीसँग त त्यत्रो पैसा रहेछ, कुनै मिडियाले १५ करोड, कुनैले २५ त, कसैले ५० करोड । तिमीसँग छ चाहिँ कति ? अलिकति मलाई पनि देऊ न ।’ मैले पनि हाँस्दै भने, ‘त्यत्रो पैसा भएरै त होला ४ करोडमा किनेको घरको किस्ता आजसम्म तिर्दैछु’, ‘बुवा–छोरीको कुराकानीको सन्दर्भ थियो, अनुसन्धानमा रहेको विषयमा भएको ‘मिडिया ट्रायल’को । कुनै मिडियाले यति करोड, कुनैले उति करोड भनेर लेखेका छन् ।’ उनले मिडियाले धर्म छाडेको समेत आरोप लगाएकी छन् ।