राजनीति

औद्योगिक क्षेत्रमा बिजुली कटौती



काठमाडौँ, ३ पौष । नेपाल विद्युत् प्राधिकरणले औद्योगिक क्षेत्रमा विद्युत् कटौती थालेको छ ।

हिउँदमा आन्तरिक उत्पादनले माग नधान्ने र भारतले साँझको समय (पिक आवर) मा आयात गर्न नदिएको जनाउँदै प्राधिकरणले औद्योगिक क्षेत्रमा साँझ ५ बजेदेखि ९ बजेसम्म विद्युत् कटौती थालेको हो । हिउँदको माग र आपूर्ति व्यवस्थापन गर्न भारतबाट विद्युत् आयात गर्नुपर्ने हुन्छ । भारतबाट अहिले दैनिक ५० देखि १ सय मेगावाटसम्म बिजुली आयात गरिरहेको प्राधिकरणले जनाएको छ ।

‘पिक समयमा आयात अनुमति पाएका छैनौं । माथिल्लो तामाकोशी सञ्चालनमा रहेको भए दिउँसो बढी आयात गरी तामाकोशीको जलाशयमा पानी जम्मा गरी पिक समयमा चलाउन सकिन्थ्यो,’ कार्यकारी निर्देशक घिसिङले भने भने, ‘आयोजना नचलेसम्म औद्योगिक क्षेत्रमा पिक समयमा विद्युत् केही कटौती गर्नुपर्ने अवस्था छ ।’