काठमाडौँ, ६ पौष । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार कोसी प्रदेशमा आज हल्का वर्षा र हिमपातको सम्भावना छ । कोसी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
कोसी प्रदेशमा राति हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ । एक–दुई स्थानमा फाटफुटदेखि हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ । तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने सम्भावना विभागले जनाएको छ । बिहान तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ । यसैबीच, काठमाडौँमा आज बिहानको न्यूनतम तापक्रम ३.८ डिग्री सेल्सियस रहेको छ । बिहान पौने ६ बजे काठमाडौँमा न्यूनतम तापक्रम ३.८ डिग्री सेल्सियस मापन गरिएको विभागले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्