राजनीति

कानुन समितिको बेठक आह्वान



काठमाडौँ, ६ पौष । प्रतिनिधि सभा अन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिले केही नेपाल ऐन संशोधन विधेयकमाथि छलफल गर्न बैठक बोलाएको छ ।

समितिका सचिव अधिराज राईले सूचना निकालेर आइतबार बिहान साढे १० बजे बैठक राखिएको जनाएको छ । तत्कालीन कानुनी, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले २०८० साल वैशाख २६ गते यो विधेयक प्रतिनिधि सभामा दर्ता गरेका थिए । प्रतिनिधि सभाले सैद्धान्तिक छलफल गरेर दफावार छलफल गर्न कानुन न्याय तथा मानव अधिकार समितिमा पठाएको थियो ।

सशस्त्र द्वन्द्वमा वा भूमिगत रहेको राजनीतिक शक्ति शान्तिपूर्ण राजनीतिमा आए जुनसुकै अदालतको जुनसुकै तहमा रहेको मुद्दा समेत सरकारले फिर्ता लिनसक्ने प्रावधानमाथि दलहरूका बीचमा कुरा मिलेको छैन । यी लगायतका विषयमाथि छलफल गर्न बैठक बोलाइएको हो ।