भक्तपुर, ८ पौष । भक्तपुरमा बाबु छोरा मृत फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार खोटाङ स्थायी घर भएका बुवा कुलप्रसाद आचार्य र उनका छोरा प्रवीण मृत फेला परेका हुन् ।
आज बिहान जिल्लाको सुर्यविनायक नगरपालिका २ बालकोट फिकाधारा टोलमा चार वर्षदेखि डेरा गर्दै आएका खोटाङ रुपाकोट मजुवागढी १ का ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षीय छोरा प्रविन आचार्य मृत फेला परेका हुन् ।
कुलप्रसाद जिल्ला हुलाक खोटाङका सुब्बा हुन् । शनिबार साँझ तीनैजनाले सँगै खाना खाएको कुरा आएको छ । बाहिरबाट ताल्चा लगाइएको थियो । तर, भित्र दुईवटा छुट्टाछुट्टै कोठामा शव फेला परेको प्रहरीले जनाएको छ । धारिलो हतियार प्रयोग गरेर हत्या गरेको पाइएको छ ।
प्रहरीका अनुसार, जेठो छोरा फरार छन् । शव अहिले घटनास्थलमै रहेको र आवश्यक प्रक्रिया अगाडि बढाइएको छ ।
प्रतिक्रिया दिनुहोस्