काठमाडौँ, १२ पौष । देशका धेरै पालिकाहरुको वेबसाइटमा समस्या आएको छ ।
काठमाडौँ महानगरपालिकासहित केही पालिकाको वेबसाइट चले पनि अरु धेरै पालिकाको वेबसाइटमा तीन, चार दिनदेखि समस्या देखिएको हो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले बर्दियाको बाँसगढी नगरपालिकाको वेबसाइटबाट छिरेर ह्याकरले अरु पालिकाका सूचना प्रणालीमा आक्रमण गरेको जानकारी दिए ।
वेबसाइटमा समस्या रहेकोबारे ढिलो गरी थाहा भएको र आजसम्म समस्या समाधान हुने गरी काम भइरहेको उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्