विश्व

पाकिस्तानमा डेढ लाख सरकारी जागिर खारेज



इस्लामावाद, २४ पौष । मुद्रास्फीति र नगदको संकटसँग जुधिरहेको पाकिस्तानको लागि यो समय निकै कष्टकर छ ।

यस अघि नै सरकारले खर्च धान्न नसकेर  पेन्सन कटौती गरेको थियो । अब राष्ट्रपति शहबाज शरीफ सरकारले डेढ लाख सरकारी जागिर हटाउने निर्णय गरेको छ ।

पाकिस्तानका अर्थमन्त्री मुहम्मद औरङ्गजेबले मंगलबार घोषणा गरेअनुसार सरकारले लागत घटाउन र दक्षता बढाउन डेढ लाख रोजगारी कटौती गर्ने निर्णय गरेको हो । सरकारले सम्बन्धित निकायको संख्या आधाले घटाउने पनि उनले बताए ।
 
‘हामी चरणबद्ध रूपमा संघीय सरकारको आकार घटाउँदैछौँ । अहिलेसम्म ८० विभागहरूलाई ४० मा समायोजन गरिसकेको छ ।’ पत्रकार सम्मेलनमा औरंगजेबले भने । सरकारले यी सुधारहरू जुन २०२५ सम्म पूरा गर्ने लक्ष्य राखेको पनि उनले बताए । ६० प्रतिशत रिक्त पदहरू खारेज गरिएको र यो करिब डेढ लाख सरकारी जागिर बराबर हुने उनको भनाइ छ ।