काठमाडौँ, २४ पौष । गृहमन्त्री रमेश लेखकसहित पाँच सांसदविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनको बुधबार पेसी तोकिए पनि ‘हेर्न नमिल्ने’ भएको छ ।
न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा पेसी तोकिएको थियो ।
अधिवक्ता यज्ञप्रसाद अधिकारीले गृहमन्त्रीसमेत रहेका प्रतिनिधि सभा सदस्य रमेश लेखकसहित सांसदहरू श्यामकुमार घिमिरे, सुर्यबहादुर थापा क्षेत्री, अमरबहादुर थापा र महेशकुमार बर्तौलाविरुद्ध अवहेलना मुद्दा दायर गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्