काठमाडौँ, २५ पौष । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओली खुला र प्रष्ट रहेको बताएका छन् ।
नेकपा एमाले र माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकमा ओली र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदन र अभिव्यक्तिलाई विश्लेषण गर्दा वाहिरी रुपमा समाजवादी देदिएता पनि भित्रि रुपमा नोकरशाही पुँजीवादी भएको उल्लेख गरेका छन् ।
उनले सामाजिक सञ्जालमा आज भनेका छन्, ‘ ओली र प्रचण्डका ‘कम्युनिष्ट’ पार्टीहरूको हालैको बैठकको तुलनात्मक दृश्य र प्रवृत्ति हेर्दा ब्रेज्नेभ कालको रूसी पार्टीको झल्को आयो – बाहिरी रूप ‘समाजवादी’ भित्री सार ‘नोकरशाही पुँजीवादी’!
बरू ओली अलि बढी खुला र प्रष्ट! प्रचण्ड सदा झैं कुटील र छद्म! खासगरी नेपालको जटील भूराजनीति र शक्तिकेन्द्रहरूको चलखेलको सन्दर्भमा र क्रान्तिकारी लफ्फाजी (revolutionary phrase-mongering) को प्रयोगमा! बाघ vs ब्वाँसो? नेपाल र रूसको नियति फरक होला?’
प्रतिक्रिया दिनुहोस्