Banner News

आर्थिक विकासका निम्ति अध्यादेश : गृहमन्त्री लेखक



काठमाडौँ, २७ पौष । गृहमन्त्री रमेश लेखकले मुलुकको आर्थिक विकासका निम्ति सरकारले अध्यादेशमार्फत केही कानुन संशोधन गरेको बताएका छन् ।

आज काठमाडौँमा नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघको २५औँ वार्षिक साधारणसभामा उनले सरकारको ध्यान मुलुकको आर्थिक विकास र समृद्धितर्फ रहेको जिकिर गरे । यसलाई सहज बनाउन अध्यादेशमार्फत केही कानुन संशोधन गरिएको उनले बताए ।

उनले शासकीय सुधारसँग सम्बन्धित, उद्योग, व्यवसाय सहज सञ्चालन हुने र सुशासनलाई प्रत्याभूत गर्ने कानुन अघि बढाइएको उल्लेख गरे ।