राजनीति

कोशी प्रदेशको हिउँदे अधिवेशन माघ ७ देखि



विराटनगर, २८ पौष । प्रदेश सरकारले कोशी प्रदेशको हिउँदे अधिवेशन माघ ७ गते बोलाउने निर्णय भएको छ ।

आइतबार बिहान बसेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले माघ ७ गतेबाट प्रदेशको हिउँदे अधिवेशन बोलाउनका लागि सिफारिस गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता  तथा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले  मन्त्रीपरिषद् बैठकले बैठक आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको बताए । सरकारको सिफारिसका आधारमा प्रदेश प्रमुख पर्शुराम खापुङले बैठकको आह्वान गर्नेछन् ।