काठमाडौँ, २८ पौष । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिने भएको छ ।
काठमाडौँ जिल्ला अदालतको आदेश लगत्तै उनलाई प्रहरी परिसर काठमाडौँको हिरासतमा लगिएको हो । अदालतको ढोकाबाट सलाम गर्दै रवि बाहिर निस्किएका छन् ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई प्रहरीको जिम्मा लगाउने आदेश दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्